गैँडाकोटमा भब्यताका साथ मनाइयो मगर एकता दिवश


गैँडाकोट । गैँडाकोट नगरपालिकामा आज ४२ औँ मगर एकता दिवश भब्यताका साथ मनाइएको छ ।

आफ्नै मौलीक वेशभूषा सजिएका उनीहरुले बाजागाजा सहित विभिन्न कार्यक्रम गरेर मगर एकता दिवश मनाएका हुन ।

औपचारिक कार्यक्रम सुरु गर्नु अगाडी नेपाल मगर संघ नगर समितिले ¥याली निकालेको थियो । लखन चोकबाट सुरु भएको ¥याली विजय चोक, कालिका चोक, गणेश मन्दिर, गैँडाकोट प्रहरी चौकी हुँदै प्रमुख राजमार्ग निस्केको थियो । ¥याली कांग्रेस चोक हुदै पुनः लखन चोक आएर कोण सभामा परिणत भएको थियो ।

मगर एकता दिवशको अवसरमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आले मगरले यो मुलुक बनाउन मगर समुदायको ठूलो योग्दान रहेको तर त्यसको लिखित दस्ताबेज नहुँदा समस्या भएको बताउनुभयो । शिक्षा र जनचेतनाको सवालमा पछि परेको हँुदा नेतृत्व तहमा अपेक्षीत तरिकाले पुग्न नसकेको उहाँको भनाई छ । गण्डकी प्रदेश सरकार सबै समुदायको प्रतिनिधित्व हुने गरी काम गर्ने बताउनुभएको छ ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचन, विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधी, समाजसेवी लगायतको उपस्तिथी रहेको थियो ।

नेपाल मगर संघ गैँडाकोट नगर समिति अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरले मगर दिवशलाई राष्ट्रिय दिवशको रुपमा मनाउन, स्थानीय पाठ्क्रममा मगर भाषामा पनि पठाइ हुनुपर्ने लगायतको माग आफुहरुको रहेको बताउनुभएको छ ।

प्रतिक्रिया