नारायणी नदीमा डुबेर गैँडाकोटका दाजु–भाईको मृत्यु


नवलपरासी, १ असोज,  नारायणी नदीमा डुबेर एकै घरका दाजु–भाईको मृत्यु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो नारायणी नदीमा पौडि खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।
‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषितका हुन्’, उहाँले भन्नु भयो ।
घट्नाको बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताउनु भयो ।

 

प्रतिक्रिया