अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द


काठमाडौं – नेपालमा अन्तर्राष्ट्रिय उडानमा भएको प्रतिबन्धको समय लम्बिएको छ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान आगामी जेठ १७ गते मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले जारी गरेको सूचना अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौं र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।

नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक-एक उडान गर्नेछन् । यस्तै, प्राधिकरणले अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि बिमान कम्पनीहरुलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया