नवलपुरमा साढे ८६ लाखको लागतमा डिप बोरिङ सञ्चालनमा ।


९ भदौ , नवलपुर, नवलपुरमा साढे ८६ लाखको लागतमा डिप ट्युबवेल सिंचाइ सञ्चालनमा आएको छ । जिल्लाको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा ८६ लाख ५८ हजार २०३ रुपैयाँ ९९ पैसाको लागतमा डिप ट्युबवेल सिंचाइ सञ्चालनमा आएको हो । आज एक औपचारिक कार्यक्रमका बीच निवर्तमान संघीय सांसद तिलक महतले उद्घाटन गरेर सञ्चालनमा ल्याईएको हो । उक्त डिप ट्युबवेल सिंचाइबाट यहाँका २८१ घरघुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । डिप बोरिङ सञ्चालन भएपछि कावासोती क्षेत्रका कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ । यो डिप बोरिङबाट ४० बिघा जमीनमा सिँचाइ गरिने छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कुनैपनी खेती गर्नका लागि यहाँका जनताले आकाशे पानीमा निर्भर हुनु नपर्ने बताउनु भयो । यस्तै गरि प्रमुख अतिथि तिलक महतले कुनैपनी बाहानामा खेतीयोग्य जमिन बांझो राख्नु उपयुक्त नभएको भन्दै व्यावसायिक तबरबाट उक्त डिप बोरिङको भरपुर सदुपयोग गर्न आग्रह गर्नु भयो । नवलपुर र कावासोती जनताका लागि हरेक कदममा आआफ्नो निकायबाट पुर्णरुपमा साथसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम डिप बोरिङ निर्माणमा भएगरेका आयव्ययको पत्रकार शालिकराम कोइरालाले जानकारीका साथै कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सभाध्यता पुरानो कावासोती डिप ट्युबवेल सिंचाइ समितिका अध्यक्ष राजकुमार श्रेष्ठको रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डोरमान गिरी , कावासोती खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाका सचीव ज्ञानेन्द्र न्यौपाने र वडा सदस्य तथा स्थानियहरुको विषेश उपस्थित रहेको थियो । डिप बोरिङ भैरहवा लुम्बिनी भुमिगत जल सिंचाइ व्यबस्थापन कार्यालय र उपभोक्तको संयुक्त लगानीमा निर्माण गरिएको हो । कुल लागत ८६ लाख ५८ हजार २०३ रुपैयाँ ९९ पैसामा ३ लाख ७१ हजार १९३ उपभोक्तले लगानी गरेको छ । यस्तैगरी कार्यक्रममा ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया