मध्यविन्दु नगरपालिकाद्धारा कृषक समुह लाई ट्याक्टर सहयोग


मध्यविन्दु, ६ असार,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले कृषक समुह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार २० विगाहा भन्दा बढी क्षेत्रमा खेती गर्ने कृषक समुह र कृषि सहकारीलाई अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।


मध्यविन्दु–७ को आत्मनिर्भर कृषि सहकारी संस्था लि. र मध्यविन्दु–१५ को कोलकट्टा कृषक समुहलाई ट्याक्टर हस्तान्तरण गरिएको हो । ट्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि ट्याक्टरसंगै हस्तान्तरण गरिएको छ । ट्याक्टर खरिदमा नगरपालिका र समुहले सात लाख १३ हजार पाँच सय रुपैयाँका दरले साँझेदारी गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताउनुभयो ।


मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय कृषकहरु लाभाम्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दिपक पंगेनीले बताउनुभयो ।
“नगरपालिकाले जोन तथा पकेट क्षेत्रका स्थानीय कृषकहरुलाई लक्षित गरि कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा रहेको छ” नगर प्रमुख अधिकारीले भन्नु भयो । कृषकले उत्पादन गरेको कृषि उत्पादन स्थानीय संकलन केन्द्र र केन्द्रबाट बजार सम्म पु¥याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्नेगरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया