एक–एक गरि सबैलाई कानुनको दायरामा ल्याउने छु : रबि लामिछाने


मध्यविन्दु, ५ असार,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले जनताको पसिना खाएर देशमा राज गर्ने नेताहरुलाई एक–एक गरि कानुनको दायरामा ल्याउने बताउनु भएको छ ।
मंगलबार नवलपरासी(बर्दघाट सुस्तापूर्व)को क्षेत्र नं १ को बृहत क्षेत्रीय भेलालाई सम्बोधन गर्नुहुर्दै लामिछानेले सबै भ्रष्ट्राचारीहरुलाई पालैपालो कानुनी कड्घरामा ल्याएरै छोड्ने प्रण गर्नु भएको हो ।
“राष्ट्रिय स्वतन्त्र पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु हो” उहाँले भन्नु भयो “आगामी निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेर देशलाई परिवर्तन तर्फ लैजाने छौँ ।”
परिवर्तन चाहने जनतालाई घण्टी बजाएर स्वागत गर्ने मात्र नभई घण्टीको लोकप्रियतालाई देखेर पार्टीमा आउनेहरुलाई घण्टीले बजाउन पनि जानेको लामिछानेले बताउनु भयो । पार्टी भित्र आँफूहरुले कुनै नातावाद, कृपावाद, चाकडीवादलाई स्थान नदिएको बताउँदै नेपाली जनताले एउटा युग पर्खिएर प्राप्त गरेको आशा भएकाले यसलाई तोड्ने अधिकार कसैलाई नभएको उहाँको भनाई छ ।
देशका तमाम मानिसहरुले परिवर्तन खोजिरहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तन गर्ने हुटहुटी लिएर जनता माझ आएको लामिछानेले बताउनुभयो । “पुराना पार्टीहरुले देशको भविष्य उज्जवल नवनाउने हुदा अबको आशा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ” उहाँले दावी गर्नु भयो ।

प्रतिक्रिया