भारतको आन्ध्र प्रदेशको खानीमा बिष्फोट हुँदा १० मजदुरको मृत्यु


नयाँदिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विष्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विष्फोट भएको थियो ।

खानीभित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विष्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षत विक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त दुर्घटनामा अझै १० जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीयबासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया