देवचुली नगरपालिका ७ मा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न


देवचुली,७ जेठ,
देवचुली नगरपालिका वडा नम्वर ७ मा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत उद्घोषण तालिम सञ्चालन गरिएको छ ।
देवचुली नगरपालिका वडा नम्वर ७ का करिव ४० जना महिलाहरुको सहभागिता रहेको एक दिने सशक्तिकरण कार्यक्रममा प्रभावकारी उद्घोषणको विषयमा पुनरताजकी गरिएको हो ।
विभिन्न संघसस्था एवम् समुहमा कृयाशिल महिलाहरुका लागि उद्घोषणका बारेमा पनरताजनकी कार्यक्रम सञ्चालन गरिएको देवचुली नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष भुमिसरा आलेले बताउनु भयो । उहाँले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न सहभागिहरुलाई अनुरोध गर्नुभयो ।
वडाको सेवा प्रवाहा,विकाश निर्माण, सुशासन लगाएतका विषयमा खवरदारी गर्नका लागि पनि वाककलामा दक्ष बन्नु आवश्यक रहेकाले महिलाहरु जागरुक वन्नुपर्ने वडा अध्यक्ष आलेले बताउनु भयो ।
त्यसैगरी देवचुली नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष नुन प्रसाद बाचेले तालिममा सिकेको कलाले मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने हुदा आगामि दिनमा थप रचनात्मक कार्यहरु सञ्चाल गरिने बताउनु भयो ।
कार्यक्रममा एक दिने उद्घोषण कला तालिम मार्फत महिला दिदी बहिनीहरुको अनुभव र आगामि दिनमा थप प्रभावकारी रुपमा अपनाउन सकिने उद्घोषणका बारेमा अन्तरक्रिया गरिएको कार्यक्रमका सहजकर्ता बिष्णु गौडेलले बताउनु भयो ।


सो अवसरमा वडा नम्वर ७ का वडा सदस्य रुपा काफ्ले , खिल कुमारी तामाङ, आशा वि.क.,सहित विभिन्न संघसस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया