प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान, संसद अवरोध र एमसीसीबारे छलफल हुने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । देउवाले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल हुनेछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने उनले बताए

अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसदद्बारा पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ ।

तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

प्रतिक्रिया