‘दुईवटा कारण देखाउँदै एमाले सर्वदलीय बैठकमा नजाने’


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बैठकमा नजाने भएका छन् । ओली दुईवटा कारण देखाउँदै सहभागी नहुने बताएका हुन् ।

बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहमभागी हुन नसक्ने जवाफ दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री देउवाले औपचारिकता निभाउनका लागि मात्र निम्तो गरेकाले एमाले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी अध्यक्ष ओलीले दिएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको  छ ।

एमाले बैठकमा नजानुका मुख्य कारण

नेकपा एमाले विभाजित गरी नेकपा (एस) गठन गर्दा पार्टीको सिफारिसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

१०औं महाधिवेसनमासमेत नेकपा (एस)लाई निमन्त्रणा नदिएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजे वालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिक्रिया