१० हजार स्टाफ नर्स बेलायत पठाउने तयारीमा सरकार


काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीका लागि बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘यतिबेला हामी बेलायत सरकारसँग छलफलको क्रममा छौं । उताको पक्षसँग कुराकानी भइरहेको छ । केही समयमै स्टाफ नर्स पठाउने विषयमा टुंगो लाग्छ ।’

बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्दा उत्कृष्ट वैदेशिक रोजगारीको गन्तव्य मुलुक बन्ने बताइएको छ ।

यस्तै, श्रम सचिव सूर्यप्रसाद गौतमले पनि बेलायती पक्षसँग छलफल भइरहेको र निकट भविष्यमै स्टाफ नर्स पठाउने सम्बन्धी टुंगो लाग्ने बताए । उनले छलफलमा बेलायती पक्ष सकरात्मक रहेको समेत बताए ।

प्रतिक्रिया