साउदीका राजकुमार र अमेरिकी पूर्व राष्ट्रपतिसहित नौं जनालाई मृत्युदण्ड
काठमाडौं – यमनको हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ । तीन बर्ष पहिले हुथी ससूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न ९ जनालाई मृत्युदण्ड दिइएको हो ।
राजधानी सानाको एक चोकमा गोली प्रहार गरी उनीहरुलाई मृत्युदण्ड दिइएको हो । हुथी समूहको एक अदालतले दोषी ठहर गरेका १६ जनामध्ये ९ जनालाई मृत्युदण्ड दिइएको हो ।
हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित अन्य सात जनालाई पनि मुद्दा चलाएको थियो भने उनीहरूलाई पनि हुथी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१८ को अप्रिलमा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला आफूले गरेको पुष्टि गरेको थियो । एजेन्सी