चीनमा एकाबिहानै ठूलो भूकम्प


काठमाडौं – चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ । चिनियाँ समाचार समिति सिन्ह्वा अनुसार स्थानीय समयानुसार बिहान साढे ४ बजे दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको चिनियाँ अधिकारीले बताएका छन् । भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ । भूकम्पपछि उद्धार कार्य भइरहको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया