विनियोजन विधेयक बहुमतले स्वीकृत


काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्मालाई सो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।

अर्थमन्त्रीले विधेयक प्रस्तुत गरेपछि सो बारेमा सैद्धान्तिक छलफलका लागि नाम टिपाउन आग्रह गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवाल मात्र सहभागी भए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा बोल्दै सो परियोजना पास गर्न नहुने बताए ।

सभामुखले सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको छ । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया