बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला रु. ९१ हजार १०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा रु ५ सयले उकालो लागेर प्रतितोला रु.९१ हजार ६०० पुगेको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९१ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सयमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया