पाल्पा, नवलपुर र सिन्धुपाल्चोकमा भारी वर्षा


पाल्पा, नवलपुर र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।

पाल्पाको अर्चलेमा पछिल्लो १२ घन्टामा १९५.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै नवलपुरको देउरालीमा १६१.२ मिलिमिटर पानी परेको छ।

सिन्धुपाल्चोकमा मानेखर्कमा १२०.६ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकका अरू केन्द्रमा पनि उल्लेख्य वर्षा मापन भएको छ।

सिन्धुपाल्चोकमा बिहीबार रातिदेखि नै भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले एसएमएस पठाएर सतर्कता अपनाउन भनेको थियो।

विभागले मेलम्ची, इन्द्रावती र यसका सहायक नदीहरूमा आकस्मिक बाढी आउन सक्ने, भिरालो जमिनमा पहिराले जान सक्नेतर्फ सचेत गराएको छ।

नवलपुरको देउरालीमा पनि भारी वर्षा भइरहेकाले उक्त क्षेत्र भइ बग्ने बिनइ, मुकुन्डे लगायत खोलामा आकस्मिक बाढी आउन सक्नेतर्फ बाढी सूचना केन्द्रले सतर्कता अपनाउन भनेको छ।

प्रतिक्रिया