कावासाेतीका मासु पसलमा नगरपालिकाकाे अनुगमन


कावासाेती । कावासाेतीका मासु तथा माछा पसलमा कावासाेती नगरपालिकाले अनुगमन गरेको छ। चाडपर्व लक्षित गरि पालिकाले यहाँ रहेका मासु तथा माछा पसलमा अनुगमन गरेको नगरपालिकाका बजार अनुगमन संयाेजक दिनेश भण्डारीले बताउनुभयो ।

शुद्व,गुणस्तरीय मासुकाे बिक्री हाेस र उपभोक्ताकाे स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपराेस भनेर अनुगमन गरिएको बजार अनुगमन संयाेजक भण्डारीले बताउनुभयो ।
कावासाेती नगरपालिका हाटबजार , फलफूल चाेक, थाना चाेक , विपि चाेक लगायतका स्थानमा रहेका मासु तथा माछा पसलकाे अनुगमन गरिएको हाे ।
अनुगमनका क्रममा गुणस्तरीय मासु ,माछा बिक्री गर्न,सरसफाइमा ध्यान दिन, दर्ता नविकरण गरि व्यवसाय संचालन गर्न निर्देशन गरिएको बजार अनुगमन संयाेजक भण्डारीले बताउनुभयो ।अनुगमनलाई पालिकाले निरन्तरता दिदै जाने जनाईएकाे छ। अन्य खाध्य तथा उपभाेग्य बस्तुकाे बिक्रीकाे अवस्था लगायतका विषयमा अनुगमन गरिने भण्डारीले बताउनुभयो ।
उपभोक्ताले समेत सामान किन्दा उपभाेग्य मिति हेरेेर,गुणस्तर हेेरी खरिद गर्न संयाेजक भण्डारीले अनुराेध गर्नुभयाे।अनुगमन टाेलीमा पालिका, जिल्ला प्रशासन,जिल्ला प्रहरी ,उधाेग वाणिज्य संघ, उपभोक्ता हकहित संंरक्षण मञ्च , जिल्ला प्रहरी , पत्रकारका प्रतिनिधि लगायतकाे सहभागीता रहेको थियाे ।

प्रतिक्रिया