मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा कावासोतीका बिधालयमा अभियान जारी


किशोर र किशोरीहरुको लागि मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन अभिमुखीकरण कार्यक्रम कावासोतीमा जारी छ ।
पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ ।
मानिसहरु साना साना विषय र समस्या आउँदा आत्महत्या गर्ने, आफुलाई असर पुर्याउने र धुम्रपान तथा मद्यपान सेवनतर्फ बढेको र आपराधिक क्रियाकलापमा फस्ने गरेको विभिन्न तथ्याँकले बताएको छ ।
किशोरअवस्था कसरी मानसिक रुपमा स्वस्थ रहने र तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा सोमबार कावासोती १५ को चन्डेस्वरि माध्यमिक विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण र छलफल गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका ३५ जना किशोरी अभियन्ताहरुलाई जीवनउपयोगी सिप र किशोरकिशोरी अवस्थामा आउन सक्ने परिवर्तन र तनाव व्यवस्थापनको तालिम पश्चात उनीहरुले आफुले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायमा अभिमुखीकरण गर्न थालेका हुन्।
आजको कार्यक्रममा विद्यालयमा पढने बालबालिकाहरुलाई तनाव भनेको के हो रु तनावको व्यवस्थापन कसरी गर्ने रु मानसिक स्वास्थ्य भनेको के हो रु मानसिक रुपमा स्वस्थ रहने उपायहरुको बारेमा छलफल गरिएको अभियन्ता सबिना पान्डेले बताइन्।
आफु पनि सोहि उमेर समुहमा रहेको तर तालिममा आफुले यो बारेमा सिकेको भयर आफ्ना साथीहरुलाई सिकाउन थालियको उनले बताईन ।
किशोर अवस्थामा हुँदा साना साना विषयहरुमा तनाव लिने गरेको र तालिम पश्चात आफुमा सो ब्यवहार परिवर्तन गर्न सफल भएकोले अहिले साथिहरुलाई सिकाँउदा खुसी लागेको उनले बताइन्।
पढाई, खेलकुद, साथिहरुसँगको सम्बन्ध, मोबाईल र माया प्रेम जस्ता सामान्य विषयहरुमा बढी तनाव लिने गरेको, प्रतिसोध साध्ने र रिसयिबि समेत लिने गरेको कारणले धेरै किशोरकिशोरीहरुले धुम्रपान, मद्यपान र लागु औसधको प्रयोग गर्ने गरेको सहभागीले बताय ।
किशोर अवस्थामा विपरित लिँगप्रतिको आकर्षण सामान्य हो र यसको सही व्यवस्थापन गर्न नसक्दा साथि साथि बिच झगडा हुने, कुटपिट हुने, नबोल्ने र प्रतिशोध समेत लिने गरेको र कतिपय अवस्थामा असुरक्षित यौन सम्पर्क समेत हुने गरेकोले समयमा नै यो सिकाउन सकिय प्रभावकारि हुने सहभागीहरुले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुको मृत्यु आत्महत्याबाट हुने गरेको जनाएको छ । यो समुहमा अझै किशोर अवस्थामा रहेकामा बढी रहेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ ।
९० प्रतिशत आत्महत्याहरु मानसिक रुपमा स्वस्थ नरहेका र तनावमा रहेकाबाट हुने गरेको उसको प्रतिवेदनमा समावेश गरेको छ ।
अभिमुखीकरण कार्यक्रमको किशोरी अभियन्ताहरु आशा बि।क।, ओमकला बोटे र सबिना पान्डेयले सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यालयको फोकल शिक्षक नबिना गैरे, शिक्षकहरु र किशोरकिशोरीहरु सहित ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया