७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा


मध्यविन्दु नगरपालिका वडा नम्वर ९ की पुतली कुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुहुन्छ । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्य जाँच गराउने भए पछि पुलली कुमाल खुसी हुनुभएको छ । स्वास्थ्यकर्मीले घरमै पुगेर प्रेसर, सुगर, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् ।


मध्यविन्दु नगरपालिका ९ कै ७८ वर्षीय रोशन सिंह लाई पनि प्रेसर र दमको समस्या छ। आफैँ अस्पताल पुगेर औषधि लिन उहाँलाई समस्या थियो। यस महिनादेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिने भएपछि उहाँ पनि खुसी हुनुभएको छ। मध्यविन्दु नगरपालिकाले चालू आर्थिक बर्षको नीति कार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम नगर भित्रका १५ वटै वडामा एकसाथ सञ्चालन गरिएको छ।

मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारिले जनताका बीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मि को टोलि गाउगाउ खटिएको बताउनुभयो ।


नगर सभा वाट पारित भएको चालु आर्थिक बर्षको नीति कार्यक्रम अनुसार प्रत्येक महिना घरघरमा निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम बुधवार देखि सुरूवात गरि नगर भित्रका १५ वटै वडामा एकसाथ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले वताउनु भयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौं। स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौं। अव प्रत्येक महिना जेष्ठ नागरीकको घरघरमा स्वास्थ्य कर्मि पुगेर स्वास्थ्य परिक्षण गर्ने जनाइएको छ । पहिलो चरणमा सवै जेष्ठ नागरीकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधीको विवरण लगाएतका आधारभुत तथ्याङक टिपोट गरि लगत संकलन गरिने प्रमुख प्रशासकिय अधिृत खनालले वताउनु भयो ।

प्रतिक्रिया