अब निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बन्छः महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबनिर्वाचन पछि नेपाली कांग्रेस पहिलो दल बन्ने दावि गर्नुभएको छ । इतिहासमा अग्रजहरुले हाकेर बनेको पार्टी जस्तोसुकै आधि हुरी चिरेर भएपनि अबको निर्वाचनबाट सबै भन्दाठुलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तहको निर्वाचनमा तालमेल पहिलो दलबन्नको लागि भएको भन्दै महामन्त्री शर्माले तालमेलबाट शक्ति संचय गर्ने र तिनै तहकोनिर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका साथ अगाडि बढेको बताउनुभयो । आज नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाकोआयोजनामा अगुवा कार्यकता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तालमेलकाविषयमा निराश नभई उर्जाका साथ चुनावी अभियानमा लाग्न आग्रह गर्नूभयो । २०७४ को स्थानीय तह निर्वाचनबाट नेकपाएमालेले सरकार चलाउने जिम्मेवारी पाएपनि पुरा गर्न नसकेको स्मरण गराउदै महामन्त्रीशर्माले भन्नुभयो “कांग्रेस चाहेर होइन बाध्यताले सरकारमा गएको हो ।

पटक पटक संसदविघटन भयो, कांग्रेसलाई ल्याएर सरकार सुम्पेपछि हामी बाध्य भएका हौ । ”हिजो कम्युनिष्टलाई भोट दिनुभयो सरकारचलाउन नसके पछि कांग्रेसलाई लगेर बुझायो ।अब जनता हुलाकी बन्ने काम नर्गनुस शर्मालेभन्नुभयो“अब सिधै रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउनुस, अन्तअल्मलीनु पदैन । ” १८ वर्ष देखि २३ वर्ष उमेर समुहका नयांमतदाता र युवाहरुलाई स्वतस्र्फुत रुपमा चुनावमा भाग लिन आग्रह गर्दै महामन्त्री शर्मालेमतदान संगै नेताहरुलाई प्रश्न गर्न पनि आग्रह गर्नुभयो । उहाले भन्नुभयो “चुनावमा भागलिनु भनेको राजनीति गर्नु होइन, न्याय गर्नु हो । गलत काम गर्नुेलाई सजाय दिनु पनिहो । लोकतन्त्रमा जनता भन्दा ठूलो न्यायलय छैन । त्यसैले न्यायलयमा उत्रिएर भोटहाल्नुहोस ।” चुनावी अभियानमा प्रश्न नगर्ने पछि चुनावसकिएपछि यो देश कहिल्यै बन्दैन भनेर सामाजिक सञ्जालमा लेख्ने परिपाटी रहेको भन्दै आफ््नानेता र उम्मेदवारहरुलाई पहिलो पटक निर्वाचनमा भाग लिने युवाहरुले प्रश्न गर्नुपर्नेमा उहालेजोड दिनुभयो । सपना, विचार, सिद्धान्त र समन्वय गर्नुपर्ने क्षमताभएको दल रोज्नुपरे नेपाली कांग्रेसलाई रोज्न आग्रह गर्नुभयो । शर्माले भन्नुभयो “पाकोनेतृत्वलाई भरोसा गनुहुन्छ भने अन्य दलको भन्दा जेठो र पाको नेपाली कांग्रेसकासभापति शेरबहादुरलाई रोज्नुहोस, होइन युवाको समय आयो युवा आजको आवश्यकताभन्ने लाग्छ भने भोलीको भविष्य बोकेका महामन्त्री गगन थापा र विश्वप्रकाश भएको नेपालीकांग्रेसलाई रोज्नुहोस । ”कानले सुन्ने र देख्ने विकास होइन जमिनमाटेकेर जनभावनालाई समेटी मुलुक बदल्ने विकास मात्रै विकास भएको भन्दै नेपाली कांग्रेसकोघोषणा पत्रले विकास र जनताको सपनालाई समेटेको बताउनुभयो । ६ सय ३४ स्थानीयतहमा नेपाली कांग्रेस प्रमुख पदमा उम्मेदवारी दिएको भन्दै अब उत्साहका साथ चुनावीअभियानमा लाग्न सबैमा आग्रह समेत गर्नुभएको थियो ।

त्यस्तै हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेद्वार  देवि पाण्डेले संघियता पछिको पहिलो अभ्यासका अनुभवहरुलाई समेटेर जनताको भावनाअनुसार समृद्ध गाउँपालिका निर्माणको लागि मतदान गर्न आग्रह गर्नुभएको थियो ।पाच वर्षमा गरेका राम्रा कामलाई निरन्तरता रअधुरा योजनाहरुलाई पुरा गर्ने उदेश्यले उम्मेदवारी दिएको भन्दै सबैलाई चुनावीमैदानमा शान्त र स्वतन्त्र रुपमा भाग लिन आग्रह समेत गर्नुभएको थियो । उहाले दुइ वर्षमाभौतिक पुर्वाधार निर्माणका आवश्यक काम सकेर बाकि तिन वर्षमा आर्थिक र समाजिक समृद्धिकोविकासमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमलाई समापन गर्दै हुप्सेकोटगाउँपालिका सभापति बल बहादुर रानाले हिजोका रिस, राग तिक्तता जे भएपनि सबैलाईभुलेर मात्रै नेपाली कांग्रेसको नेतृत्वलाई विजयी बनाउनको लागि आग्रह गर्नुभएकोथियो । हिजो पाच वर्षको अवधिमा नेपाली कांग्रेसको नेतृत्वबाट लक्ष्मी पाण्डेले समृद्धहुप्सेकोट बनाउन जग बसाल्ने काम गरेको भन्दै गाउँपालिकाको समग्र विकासका लागि अनुभवीर अग्रज नेताहरुलाई चुनावमा उठाएको बताउनुभयो । हुप्सेकोटको विकासका लागि नेपालीकांग्रेसको विकल्प नभएको भन्दै सबैलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशकामहान्त्री विष्णु लामिछाने, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल लगाएत जिल्लाका नेता रकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेका थियो । कार्यक्रममा नेपाली कांग्रेसकोहुप्सेकोट गाउँपालिकाको संकल्प पत्र समेत सार्वजनीक गरिएको थियो । कार्यक्रमकोसंचालन नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाको सचिव आशिष रेग्मीले गर्नुभएकोथियो ।

प्रतिक्रिया