मानस्पटलमा याे तस्वीर, दरबार हत्याकाण्डको २० वर्ष


काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको सपरिवारको हत्या भएको आज २० वर्ष पुगेको छ । २० वर्षअघि २०५८ जेठ १९ गते शुक्रबार राती पारिवारिक जमघटका अवसरमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको परिवार र नजिकका नातेदारसहित १० जनाको हत्या भएको थियो ।

दरबारमा त्यतिबेला प्रत्येक महिनाको तेस्रो शुक्रबार राजपरिवारका नजिकका आफन्तहरुको मात्र उपस्थितिमा पार्टी हुने गरेको जनाइएको छ ।

शाही वंशको हत्याकाण्डपछि तत्कालिन सरकारले गठन गरेको छानबिन समितिले उक्त हत्याकाण्ड घटाउने मुख्य अभियुक्तका रुपमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई ठहर गरेको थियो । तर, पनि जनमानस भने अहिलेसम्म पनि त्यो सत्यतालाई आत्मसाथ गर्न सकिरहेका छैनन् ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

प्रतिक्रिया