पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न – गोकर्ण विष्ट


काठमाडौं – नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता विष्टले एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका हुन् ।

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने दावी समेत उनले गरेका छन् ।

‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।’

उनले लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

प्रतिक्रिया