सगरमाथा आधार शिविरमा भारी हिमपात: केही आरोही घाइते, हेलिकप्टर जान सकेन


काठमाडौं – सगरमाथा आधार शिविरमा भारी हिमपात भएको छ । हिमपातका कारण अहिले आरोहीहरु चौथो शिविर पुगेपनि फर्किनुपरेको छ ।

सगरमाथा आरोहण गरेका विश्वकै पहिलो नापी अधिकृत खिमलाल गौतमले आधार शिविरबाट बताएअनुसार अहिले आरोहीहरु आरोहण सम्पन्न गरेर पनि दोश्रो शिविरमा रहेका सरसामान आधारशिविरमा झार्न सकिरहेका छैनन् ।

केहि आरोहीहरु आरोहण सम्पन्न गरि आधार शिविर आउने क्रममा घाइते भएको उनले बताए । घाइते भएका कारण आधारशिविरमा आउन नसक्ने अवस्थामा आरोहीहरु पुगेपछि हेलिकप्टरबाट रेस्क्यु गर्ने प्रयास भइरहेको उनले बताए ।

लुक्लादेखि आधारशिविर सम्म कै मौसम खराब भएको छ । जसका कारण हेलिकप्टरहरू आधारशिविर सम्म पुग्न सकेको अवस्था छैन् । दोश्रो शिविर उठाउन आधारशिविर बाट हाइ अल्टिच्युड वर्कर पनि माथि जान सक्ने अवस्था नभएको उनले बताए ।

केहि शेर्पाहरू माथिका टेन्ट उठाउन राती उकालो लागे तापनि पहिलो शिविर माथि भारी हिमपातका कारण त्यही रोकिएको खबर आफूले पाएका उनले बताए । उनले मौसममा सुधार नआएसम्म सतर्क रहन सबैलाई आग्रह समेत गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसमको अवस्था

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

प्रतिक्रिया