एमाले नवलपुरको जिल्ला सम्मेलनको तयारी पूरा


कावासाेती । नेकपा एमाले नवलपुरले जिल्ला नेतृत्वका लागि सहमतिको प्रयास अझै जारी रहेको बताएको छ । आगामी चैत २६ र २७ गते कावासोतीमा हुने नवौं जिल्ला सम्मेलनका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नेताहरुले सहमतिको प्रयास जारी रहेको र सहमति नभए निर्वाचन प्रकृयाद्धारा नेतृत्व चयन गरिने बताएका हुन् ।

अध्यक्षका लागि हालका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, नेताहरु जीवन श्रेष्ठ, भिम कँडेल होमनाथ जैसी र हुमनाथ सुवेदीले आकांक्षा राखेका छन् भने पाण्डे बलिया दावेदार रहेको एमाले कार्यकर्ताहरुको बुझाई छ । श्रेष्ठको नाममा सहमतिको प्रयास भए पनि निर्वाचन प्रकृयामा जाँदा पाण्डेले बाजि मार्न सक्ने देखिएको छ । सम्मेलनको २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्म्ेलनमा जातीय मुक्ति समाज, जनवर्गाीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटि, जेष्ठ नागरिक मञ्चबाट प्रतिनिधित्व गर्दै ६ सय ११ जना तथा जिल्ला कमिटि र मनोनित गरी एक सय ४० सहित ७ सय ५१ जना प्रतिनिधि सहभागि हुने एमाले नवलपुरले जनाएको छ ।

सम्मेलनका लागि प्रतिनिधिबाट एक हजार ५ सयका दरले ११ लाख २६ हजार ५ सय र ९ हजार ४३३ पार्टी सदस्यबाट ५० रुपैयाँका दरले ४ लाख ७१ हजार ६५० गरी १५ लाख ९५ हजार १५० रुपैयाँ संकलन हुने मुल आयोजक समितिका संयोजक मुक्तिराम पाण्डेले जानकारी दिए ।

सम्मेलनका लागि २० लाख रुपैयाँ खर्च हुने अनुमान एमालेले गरेको छ । सम्मेलनले १०५ सदस्सीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिमा १५ प्रतिशत युवा र ३३ प्रतिशत महिना सहभागिता सुनिश्चित गर्ने संयोजक पाण्डेले बताए ।

प्रतिक्रिया