कावासोती-६ विष्णुनगरमा निःशुल्क स्वास्थ्य शिविर हुने 


कावासोती , २२ चैत , नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-६ विष्णुनगरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाली काँग्रेसको आयोजनामा जनता माध्यमिक विद्यालय विष्णुनगर प्राङ्गणमा यही चैत २४ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा स्वास्थ्य परीक्षण, रगत परीक्षण, भिडियो एक्स-रे, निःशुल्क औषधी वितरण लगायतका सेवा उपलब्ध हुने नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचनले बताउनु भयो ।
“फिजिसियन सेवा, हाड जोर्नी, स्त्रीरोग, छाला रोग, उच्च रक्तचाप, मधुमेह तथा मुटु रोग, रेडियोलोजी तथा भिडियो एक्स-रे सेवा, रगत परीक्षण सेवा र निःशुल्क औषधि वितरण सेवा उपलब्ध हुने छ”,सभापति भट्टचनले भन्नु भयो ।
शिविरमा चितवन मोडल अस्पताल प्रा.ली. भरतपुर चितवनका विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण गर्ने नेपाली काँग्रेस कावासोती नगर सभापति सालिकराम ढकालले जानकारी दिनु भयो ।
चैत २४ गते शनिवार बिहान ९ बजे देखि साँझ ५ बजे सम्म शिविर सञ्चालन गरिने हुँदा स्वास्थ्य परीक्षण गराउन नेपाली काँग्रेस कावासोती नगर सचिव झविन्द्र काफ्लेले अनुरोध गर्नु भयो ।
स्वास्थ्य शिविरको आयोजना नेपाली काँग्रेस कावासोती नगर समितिले गरेको हो भने संयोजन नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ नवलपुर र प्राविधिक सहयोग चितवन मोडल अस्पताल प्रा.ली. भरतपुर चितवनले गरेको छ ।

प्रतिक्रिया