नवलपुरमा पाँच दिने वापा मापा प्रशिक्षण सुरु


१७ चैत, नवलपुर ।

नवलपुरमा पाँच दिने वापा मापा प्रशिक्षण सुरु भएको छ । जिल्लाको सदरमुकाम कावासोती नगरपालिका ३ स्थित बौद्ध गुम्बा विहारमा शनिवार देखी सुरु भएको हो । नेपाल मगर बौद्ध सेवा समाज र जिल्ला नवलपुर कार्यसमिति वापा मापाको संयुक्त आयोजनामा प्रशिक्षण सञ्चालन गरिएको हो ।

बौद्ध धर्मावलम्बी मगर समुदायको जन्मदेखि मृत्यु कर्मकाण्ड सम्म गरिने विभिन्न संस्कारका बारेमा जानकारी गराउने उद्देश्यका साथ वापा मापा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल मगर बौद्ध सेवा समाज नवलपुरका उपाध्यक्ष देव बहादुर सारू मगरले बताउनु भयो ।

वापा मापाको मुख्य प्रशिक्षक रूपमा कोविट पूर्णता रमी मगर र सह प्रशिक्षकमा कोविट हरि बुर्जा मगर रहेका छन् । पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा छिमेकी जिल्ला चितवनसहित नवलपुर जिल्लाका गरी करिब ३५ जना भन्दा धेरै प्रशिक्षार्थीहरू रहेका छन् ।

प्रतिक्रिया