भारतमा दैनिक ४ लाख बढी संक्रमित, चार हजार एक सय भन्दा धेरैको मृत्यु


नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना सङ्क्रमणबाट चार हजार भन्दा धेरैको ज्यान गएको छ ।महामारीको दोस्रो लहर चलिरहेको भारतमा एकै दिन चार हजार एक सय ३३ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार लाख नौ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड २२ लाख ९५ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको भारतमा दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

एक करोड ८३ लाख भन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाख भन्दा धेरैको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया