६ वर्षपछि खुल्यो इजरायल, यी व्यक्ति जान पाउने छैनन् !


काठमाडौं – सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ।इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ। तर उक्त सम्झौताअनुसार रोजगारताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो।

वैदेशिक रोजगार विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले थप परिमार्जन गरी कानुन र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो।

नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो। निर्देशिका जारी भएसँगै नेपाली श्रमिक केयरगिभरका लागि इजरायल जान पाउनेछन्। तर कोभिडले विश्व नै आक्रान्त बनिरहेका बेला इजरायल रोजगारी पनि प्रभावित हुन सक्ने देखिएको छ।

निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउने छैनन्।

निर्देशिका पारित भएसँगै करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्। अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया