एलानकी छोरी पिताको पदचाप पछ्याउँदै अन्तरिक्षमा
काठमाडौं – प्रथम अमेरिकी अन्तरिक्षयात्री एलान शेपर्डकी छोरी पनि अन्तरिक्षमा पुगेकी छिन् । शनिबार आफ्नो पिताको पदचाप पछ्याउँदै ७४ वर्षीया लौरा शेपर्ड चर्चली अन्तरिक्ष पुगेकी हुन् ।
आफ्ना पिताले अन्तरिक्षमा पाइला टेकेको ६० वर्षपछि लौरा अन्तरिक्ष पुगेकी हुन् । जेफ बेजोसको ब्लु ओरिजिन स्पेस कम्पनीले लन्च गरेको रकेटमार्फत लौरासहित अन्य ६ अन्तरिक्ष यात्री पनि अन्तरिक्षको यात्रामा छन् ।
अन्तरिक्ष पर्यटन प्रवद्र्धन गर्न ब्लु ओरिजिनले सन् २०२१ मा पहिलो रकेट अन्तिरिक्षमा पठाएको थियो । सो कम्पनीले शनिबार पठाएको सोहि किसिमको यो तेस्रो उडान हो ।
लौरीका पिता सन् १९६१ मे ५ मा अन्तरिक्षमा पाइला टेकेर पहिलो अमेरिकी अन्तरिक्ष यात्रु बनेका थिए । उनका पिताको निधन सन् १९९८ मा भएको थियो । एजेन्सी