जन्मदिनको अवसरमा आश्रममा  खाद्यान्न


कावासोती,
नेपाल प्रेस युनियन नवलपुरका उपाध्यक्ष तथा गोरखापत्रकर्मी मिना कँडेलले आफ्नो जन्म दिनको अवसरमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको छ । देवचुली –१५ प्रगतिनगरको पशुपति वैदिक आश्रममा सो खाद्यान्न वितरण गरिएको हो । पछिल्लो समय जन्मदिन, विवाहवर्षगाठ साथै  अन्य कार्यक्रममा अनावश्यक खर्च गर्ने प्रचलन बढ्दो रहेको छ । तर पत्रकार कँडेलले भने आफ्नो जन्म दिनको अवसरमा ठुला भोज भतेरमा फजुल खर्च नगरी  खाद्यान्न सामाग्री हस्तान्तरण गरेर मनाएको बताउनु भयो ।
  जन्मदिनमा गरिने फजुल खर्चलाई बचाउँदै सामाजिक कार्यमा लगाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने हेतुले खाद्यान्न वितरण गरेको पत्रकार कँडेलको भनाइ छ । आफ्नो जन्मदिनमा एक गरिब घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गर्न पाउँदा आफूले गर्व महसुस गरेको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने उहाँले बताउनु भयो ।
  मानवीय सेवामा समर्पित भएकोमा आश्रमका पिठाधिश १०८स्वामी सरस्वती जी महाराजले   आशीर्वचन व्यक्त गर्दै समाजमा सचेतना र सूचना मात्र होइन मानवीय सेवामा पनि समर्पित हुँदै आएकोमा धन्यवाद दिनु भयो । जन्मदिनमा अन्य विभिन्न कार्यक्रम भएता पनि आश्रममा खाद्यान्न वितरणको कार्यक्रमले पत्रकारले कलम चलाउने मात्र नभई मानवीय सेवामा पनि समर्पित हुनु खुसीको कुरा भएको बताउनु भयो ।
पशुपति वैदिक आश्रमका शिक्षक बाबुराम गौतमले जन्मदिनको अवसरमा यसरी राहत स्वरूप खाद्यान्न वितरण गर्नु निकै नै सह्रानीय कार्य रहेको बताउनु भयो । वैदिक सनातन ज्ञान आर्जन गर्ने पवित्र स्थलमा एकदिनकालागि भए पनि खाद्यान्न उपलब्ध गराउन हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया