इन्धनको मूल्यवृद्धि विराेध गर्दै जनकपुरमा प्रदर्शन


जनकपुरधाम – इन्धनमा गरिएको मूल्यवृद्धि विराेध गर्दै जनकपुरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । आज विहान जनकपुरको शिव चोकमा युवा संघका कार्यकर्ताले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् ।

शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएकाले आन्दोलन गर्नु परेको बताए ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २/२ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

प्रतिक्रिया