‘तालिबान लडाकुहरू राजधानी काबुल छिर्न थाले’


काबुल – तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।

उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । अफगानिस्तानका प्रमुख सहर नियन्त्रणमा लिँदै हिँडिरहेकाे तालिबान अहिले राजधानी काबुल प्रवेश गर्न थालेकाे हाे ।

तालिबान विद्राेही समूह राजधानी काबुल प्रवेश गर्न थालेकाे समाचारहरू आइरहँदा भने अफगान राष्ट्रपतिकाे आधिकारिक ट्विटर एकाउन्टमा भने त्यहाँका बासिन्दाहरूलाई नआत्तिन आश्वासन दिइएकाे छ ।

‘काबुलमा छिटपुट गाेली प्रहार भएकाे छ, काबुलमा अहिलेसम्म आक्रमण भइसकेकाे छैन । सहरकाे सुरक्षा सुनिश्चित गर्नका लागि देशकाे सुरक्षा बल अन्तर्राष्ट्रिय सहयाेगीहरूसँग मिलेर काम गरिरहेकाे छ’, पाश्ताेकाे एक पाेस्टमा भनिएकाे छ ।

एकदिन अघि मात्र तालिबानले अफगानिस्तानकाे पूर्वमा रहेकाे महत्त्वपूर्ण सहर जलालाबाद विना कुनै सङ्घर्ष नियन्त्रणमा लिएकाे थियाे । याे सहर काबुलबाट मात्र केही घण्टाकाे दुरीमा छ ।

तालिबानले आफ्ना लडाकुलाई हिंसा नगर्न र राजधानी छाेडेर जान चाहनेलाई शान्तिपूर्वक जान दिन भनेकाे छ ।

प्रतिक्रिया