इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोंबीच फोनवार्ता


काठमाडौं – इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोनवार्ता भएको छ । एक घण्टा लामो फोनवार्तामा उनीहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ ।

म्याक्रोंले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका युरोपेली देशले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो ।

तर आणविक सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्न नसक्ने बताएका थिए ।
अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः तोड्दै गएको थियो ।

प्रतिक्रिया