गैँडाकोटमा १०१ जनाले गरे रक्तदान


गैंडाकोट । गैँडाकोटमा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गैँडाकोट आदर्श उपशाखा, रोटरी क्लव अफ गैँडाकोट र नमुना आवासीय मा.विको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा १११ पटक रक्तदान गरेका सन्तोष वाग्लेलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो ।
गैँडाकोट वडा नं २ का वडाध्यक्ष प्रकाश सापकोटाले समुदायमा रक्तदानको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गैंडाकोटका सभापति उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष श्रीनिवास पौडेल, समाजसेवी वेदप्रसाद गौडेल, कावासोती उपशाखाका सचिव कपिल न्यौपाने, नेरेसो गैंडाकोटका उपसचिव दोलराज पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेरेसो गैंडाकोट उपशाखाका सचिव विष्णुप्रसाद सापकोटाको सहजीकरण एवम रोटरी क्लव अफ गैंडाकोटको तर्फबाट कार्यक्रम संयोजक दिनेश पण्डितले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

प्रतिक्रिया