रिक्त पदको विवरण बुझाउन स्थानीय तहलाई सामान्य प्रशासनको परिपत्र


८ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त पदहरुको विवरण माग गरेको छ ।

निर्वाचन पश्चात जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको पद रिक्त भए निर्वाचन आयोग र संघीय मामिला मन्त्रालयलाई बुझाउन परिपत्र गरेको हो ।मन्त्रालयका संघीय मामिला शाखा अनुसार विवरण निर्वाचन आयोगमा बुझाएपछि आवश्यकताका आधारमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको छ ।

प्रतिक्रिया