आलु उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी


मध्यविन्दु,६ पुस,(रासस)ः
नवलपरासी(बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा वर्षेनी आलु उत्पादन हुने क्षेत्र र उत्पादन वढदै गए पछि आलुमा आत्मनिर्भर वनेको हो । जिल्लामा यो वर्ष तीन हजार १७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । “गत वर्ष तीन हजार ११५ हेक्टरमा आलु खेती भएकोमा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार भएको छ ”प्रमुख लामिछानेले भन्नु भयो“गत वर्ष जिल्लामा ५५ हजार २४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”
जिल्लामा व्यवसायिक आलु खेती गर्ने किसानको संख्या प्रत्यक वर्ष वढेको तथ्याङकमा देखिएको छ ।
“आलु उत्पादनका हिसाबले नवलपरासी(बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ” लामछिानेले भन्नु भयो “यो वर्ष पनि समय अनुकल छ, आलु अत्पादन राम्रो हुने अनुमान छ । ”
जिल्लाको मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यवसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समुहको संख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी शंकर पौडेलले बताउनु भयो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका,हुप्सेकोट गाउँपालिका,बौदिकाली गाउँपालिका,कावासोती नगरापलिका,देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यवसायिक आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । कृषि ज्ञान केन्द्रले कषि समुहमा आलु खेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानले बताउनु भयो ।

 

प्रतिक्रिया