प्राङ्गारिक तथा जैविक मल बनाउन तालिमले किसानलाई उत्साह


कावासोती, १८ जेठ । नवलपुरका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्नेबिधिहरुका बारेमा एक दिवसीय तालिम दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कावासोतीले जिल्लाका ४८ जना ब्यवसायिक किसानहरुलाई उक्त तालिम दिएको ईकाइ प्रमुख सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।
तालिममा नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद दवाडीले प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्नेबिधिहरु, झोलमल बनाउने तयारी १,२ र ३ का साथै प्रभावकारी शुष्म जिवाणुको प्रयोग गरी घरयासी तरिकाबाट बोकासी बनाउने तरिका, वेष्ट डिकम्पोजरको उपयोग, जलवायु स्मार्ट कृषि प्रबिधि , पानी स्माट ब्यवस्थापन, बिक्रेटको उपयोगिताका लगाएतका बिषय जानकारी गराउनु भएको थियो ।
परियोजनाले किसानलाई दक्ष, ब्यवसायिक र उत्पादनमा लाग्न प्रेरित गरेको छ । कागती र सुन्तला खेतीकामा संलग्न किसान र ब्यवसायिक तरकारी खेती गरेका अगुवा किसानहरुलाई तालिम पछि जैविक मल बनाउन प्रयोगहुने भेली, पिना, स्प्रे, लगाएतका सामाग्रीहरु प्रदान गरिएको थियो । तालिमले जिङ्ग र युरिया संगै प्रयोग गर्न नहुने कुराको ज्ञान प्राप्त भएको गैंडाकोटका सुन्तलाजातका ब्यवसायी किसान गुप्ता रेग्मीले बताउनुभयो ।
प्राङ्गारिक तथा जैविक मल बनाउने कार्य माटो बचाउने अभियान हो भन्ने कुरा स्पष्ट भएको छ मध्यविन्दु–१ देवी घिमिरेले भन्नुभयो–‘माटो स्वस्थ्थ राख्न बिधि पुर्याएर किसानी गर्नुपर्छ भन्ने हेक्का भयो ’ । तालिमले किसानहरुमा उत्साह भर्ने काम गरेको शंखदेवका किसान मित्रलाल तिवारीले बताउनुभयो ।

 

प्रतिक्रिया