हुप्सेकोट गाउँपालिकामा नमुना युवा संसद प्रशिक्षण तथा अभ्यास 


हुप्सेकोट,११ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा शनिवार देखि हुप्सेकोट गाउँपालिका नमुना युवा संसद प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन भएको छ ।
नमुना युवा संसदमा १६ देखि २४ वर्ष उमेर भित्रका हुप्सेकोट गाउँपालिकाका छ वटा वडाबाट ३÷३ जना, गाउँपालिकाबाट मनोनीत ५ जना र अन्य आमन्त्रित ४ जना गरी २७ जना युवाहरूको सहभागितामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सरकार सञ्चालनको प्रक्रिया बारे प्रशिक्षण गर्दै सहभागीहरूबाटै नमुना गाउँ सभा सञ्चालन गरिने हुप्सेकोट गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख माधवराज गौतमले जानकारी दिनुभयो । यस अन्तर्गत नमुना नीति तथा कार्यक्रम, नमुना बजेट र स्थानीय युवा परिषद् गठन सम्बन्धी विधेयक, २०८० नमुना गाउँभामा प्रस्तुत, छलफल तथा पारित गरिने बताइएको छ ।
राष्ट्रिय युवा परिषद्को सहयोगमा  चार दिवसीय नमुना युवा संसद कार्यक्रम अन्तर्गत आइतबार भएको निर्वाचनमा अध्यक्षमा हुमन पाण्डे निर्वाचित हुनु भएको छ । २७ जन मतदाता रहेका नमुना युवा संसदमा गाउँ सभा वडा अध्यक्ष र सदस्यहरू सहमतिमा निर्वाचित भएका हुन् भने अध्यक्षमा हुमन पाण्डेले १९ र सुदर्शन पाण्डे ८ मत प्राप्त गरेका थिए ।
 यस्तै उपाध्यक्षमा रिनु घर्ती विजयी हुनु भएको थियो । उपाध्यक्षका लागि भएको मतदानमा रिनु घर्ती १२ मत, सनु मरासङ्गनी ९ मत र इंन्सीका पाण्डे ६ मत प्राप्त गर्नु भएको थियो ।
नमुना युवा संसदको प्रशिक्षण तथा अभ्यास कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले गाउँपालिकाले युवामैत्री  विविध कार्यक्रम गर्दै युवाहरूलाई अगाडी बढाउने बताउनु भयो ।
नमुना संसद कार्यक्रममा राष्ट्रिय युवा परिषदबाट मोहम्मद ईजहार शेष र रञ्जित शर्मा खटिनु भएको परिषद् अन्तर्गत रहेको जिल्ला युवा समितिका अध्यक्ष टिका भुर्तेलले बताउनु भयो ।

प्रतिक्रिया