विद्यालयमा स्वयंसेवक शिक्षक खटाउँदै विनयी त्रिवेणी गाउँपालिका
विनयी त्रिवेणी,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने भएको छ ।
सार्वजनिक सूचना प्रकाशित गर्दै विनयी त्रिवेणी गाउँपालिकाले करारमा स्वयंसेवक शिक्षक पदपूर्ति गर्न लागेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । उहाँले भन्नुभयो, “गाउँपालिका भित्रमा १२ वटा सामुदायिक विद्यालयका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाउने स्वयंसेवक शिक्षक पदपूर्तिका लागि १५ दिने सूचना आह्वान गरिएको छ । ”
प्रवीणता प्रमाणपत्र तह उर्तिण गरेकाले स्वयंसेवक शिक्षककोलागि दरखास्त दिन सक्ने अध्यक्ष गिरीले बताउनु भयो ।
शिक्षक अभाव भएका सामुदायिक आधारभूत विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाइने भएको छ । सामुदायिक विद्यालयको शिक्षा प्रणालीलाई गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले स्वयंसेवक शिक्षक खटाउन लागेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यालयमा रहेका शिक्षक अभावको समस्याहरू लाई हल गर्ने र दक्ष शिक्षा प्राप्त गर्नका लागी सो काम गर्न गाउँपालिका लागि परेको अध्यक्ष गिरीले बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिकामा ४२ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।
गाउँपालिकामा रहेका सबै विद्यालयको अनुगमन गरिसकेपछि शिक्षक अभावलाई समाधान गर्नका लागी स्वयंसेवक शिक्षकको आवश्यक रहेको गाउँपालिकाले ठहर गरेको हो । बिनयी त्रिवेणि गाउँपालिकाको स्वयंसेवक शिक्षक कार्यबिधि २०८० अनुसार स्वयंसेवक शिक्षक परिचालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गरेको स्वयंसेवक शिक्षक विज्ञापन यस प्रकार रहेको छ ।