भ्रष्टाचार निर्मुल पार्न काँग्रेस निर्मम हुनै पर्छ : काँग्रेस नेता पौडेल
मध्यविन्दु(नवलपरासी),१७ भदौ ,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले भ्रष्टाचार निर्मुल पार्न काँग्रेस निमर्म हुनु पर्ने बताउनु भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपाली काँग्रेस कावासोती नगर समितिले आयोजना गरेको सम्मेलनमा सम्बोधन गर्नु हुदैँ नेता पौडेलले भ्रष्टाचार अन्त्य गर्न तेरो मेरो नभनी लाग्नु पर्ने बताउनु भएको हो ।
“कुनै व्यक्तिलाई बचाउने नाममा पार्टीलाई समाप्त गर्न सकिदैन्”उहाँले भन्नु भयो “व्यक्तिलाई बचाउन सकिएन भने छोडिदिनु पर्छ, पार्टीलाई दुःख दिन हुदैन् ।”
अहिलेको समयमा काँग्रेस पार्टी भ्रष्टाचार प्रति निर्मम नभए काँग्रेस पार्टी बचाउन नसकिने नेता पौडेलले बताउनु भयो ।
“राजनिति गर्न संगठन गरेर मात्र जितिदैन् पुरानो पार्टी, क्रान्ति गरेको हो मात्र भनेर हुदैन्”उहाँले भन्नु भयो“काँग्रेस पार्टी भ्रष्टारमा निर्मम छ, आफ्नै नेतालाई पनि छाड्दैन् भनेर जनतामा सन्देश प्रवाहा गर्न सक्याँै भने हामि कसै सगँ मिलेर चुनाव लड्न पर्दैन् एक्लै चुनाव लडे हुन्छ ।”
वर्तमान सरकारको अहिले उपलब्धीको रुपमा व्याख्या गर्ने गरेको ललिता निवास र नक्कली भुटानी शरणर्थी प्रकरण छानबिन पनि सन्तोषजनक नरहेको उहाँले बताउनु भयो । जुन अग्रसरताका साथ छानविन गरिनु पर्ने हो त्यो पुरा नभएको नेता पौडेलले टिप्पणी गर्नु भयो ।
“अहिलेको सरकारले दुई वटा फाइल ललिता निवास प्रकरण र नक्कली भुटानी शरणर्थी प्रकरण खोलेको छ,त्यो खोलेको फाइल पनि अब वन्द हुने अवस्थामा पुगेको छ,” उहाँले भन्नु भयो “सरकार भ्रष्टाचारको काण्डमा एग्रेसीव भएको होइन्, यसो गरे जस्तो मात्र गरेको हो ।”
एक अर्को प्रसंगमा नेता पौडेलले अब नेपाली काँग्रेसको सभापति चुन्नको लागि पार्टी भित्र प्रत्यक्ष निर्वाचन प्रणाली लागु हुनुपर्नेमा जोड दिनुभयो ।
“आफ्नो पार्टीको नेता आफैँ छान्न नपाउदा सम्म पार्टी भित्रको गुटबन्दी अन्त्य नहुदैन्”उहाँले भन्नु भयो ।