वर्तमान सरकारको विकल्प खोज्नु पर्ने अवस्था आउँदै : नेता महर
मध्यविन्दु(नवलपरासी),१७ भदौ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनतको भावना अनुसार काम गर्न नसके विकल्प खोज्नु पर्ने अवस्था आउन सक्ने बताउनु भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै काँग्रेस नेता महरले सरकारको गतिविधिले गर्दा विकल्पको खोजि हुन सक्ने बताउनु भएको हो ।
“नेपाली काँग्रेस गठबन्धको सवै भन्दा ठुलो दल हो, गठबन्धको सरकार जनताको भावना अनुसार कम चलिरहेको अनुभुति भएको बेलामा यत्ति मात्र भन्न सकिन्छ की वर्तमान सरकार जनता र काँग्रेसको भावना बिरुद्ध र जनता प्रति जिम्मेवार भएन भने सरकारको विकल्प खोज्नु पर्ने वेला आउन सक्छ”उहाँले भन्नु भयो ।
जनतामा बढदो निराशा र असन्तोष कम गर्न सरकार लागि पर्नु पर्ने भए पनि त्यो अनुसारको गतिविधि हुन नसकेको महरले बताउनु भयो ।
“सरकारले जनताको पक्षमा काम गर्नु पर्छ भन्ने हाम्रो चाहाना, जनतका दैनिक जीविकाका कुराहरु छन् जनताको समास्या, बाटोघाटो , मूल्य वृद्धि यी सवै समस्या का विच सरकार खास गतिसिल हुन सकेको छैन,” उहाँले भन्नु भयो “राष्ट्रिय सम्बन्धका वारेमा थुप्रै कुराहरु आएका छन् यी सवै कुराहरुमा सरकार गतिशिल हुन सकेको छैन् कतिपय कुराहरुमा सरकार पुर्वाग्रहि हो की भन्ने छ ।”
नेपाली काँग्रेसको मिसन सधै देश र जनता रहेको हुदाँ जनभावना पुरा होस भन्ने ध्यय पार्टिको रहेको महारले बताउनु भयो ।