बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात : नेपालमा प्रत्यक्ष प्रभाव नपर्ने


काठमाडाैं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बङ्गालको खाडीमा जवाद सामुद्रिक चक्रवात बनेको जनाएको छ ।

यसको प्रत्यक्ष प्रभाव नपर्ने तर वाग्मतीसहित प्रदेश-१ र दुईमा मौसम बद्ली भइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जनाएको छ। नेपालमा जवाद चक्रवातको असर आउँदो सोमवारदेखि क्रमशः कम हुँदै जानेछ ।

भोलिदेखि पुनः अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्नेछ । यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा माैसम सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया