केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं – नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१ लगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराईका केही भू–भागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ।

आज राति प्रदेश–१ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश–१ लगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया