बेइजिङबाट काेभिडविरुद्वकाे खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज जाँदै


काठमाडौं – चीनले अनुदानमा उपलब्ध गराउने थप १० लाख डोज खोपमध्ये आठ लाख खोप लिन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।

आज राति साढे ११ बजे जहाज बेइजिङका लागि उड्ने नेपाल एयरलाइन्सका महानिर्देशक डिम प्रकाश पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार दिउँसो २ बजे उक्त जहाज आठ लाख डोज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । बाँकी दुई लाख खोप तिब्बतबाट आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले आठ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो । गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको फोन वार्तापछि चिनियाँ राष्ट्रपति सी चिनफिङ १० लाख डोज खोप अनुदान स्वरूप दिन तयार भएका हुन् ।

प्रतिक्रिया