काठमाडौँ वाट भारतको जाँदै गरेको बस दुम्कीवासमा दुर्घटना, २३ यात्रु घाइते


मध्यविन्दु(नवलपरासी), ८ असोज,
काठमाडौँ वाट भारतको राज स्थान तर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका १ विनयी खोला नजिकै गए राति २ बजे तिर अनिन्त्रीत भई बस पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार आर जे १४ पी सी ३५४५ नम्बरको भारतीय बस चालकले नियन्त्रण गुमाई पल्टन जाँदा बसमा सवार ४५÷५० जना यात्रु मध्य २३ जना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते हुनेमा भारतको राज स्थान बस्ने वर्ष ४६ को बृजमोहन शर्मा, वर्ष ५२ की डाखाँ शर्मा, वर्ष ३८ को राम फुल मिना, वर्ष ३० को धनपाल प्रजापति, वर्ष ६० कि भुली देवी पण्डित, वर्ष ५८ को रमेश शर्मा, वर्ष ५४ कि निर्मलादेवी शर्मा, वर्ष ७० को हनुमान सहाय, वर्ष ५० कि मथुरादेवी शर्मा, वर्ष ५८ को प्रहलाद शर्मा, वर्ष ६५ का बनवारि लाल शर्मा, वर्ष ५२ कि मञ्जु शर्मा, वर्ष ६३ को बाबुलाल शर्मा, वर्ष ५८ को विष्णु अवतार शर्मा, ५५ को मन फुली शर्मा, वर्ष ५० कि मुरजा शर्मा, वर्ष ४५ कि सवित्रा शर्मा, वर्ष ५५ कि गीतादेवी शर्मा, वर्ष ६० कि शान्ति शर्मा, वर्ष ५८ कि मुन्नी देवी शर्मा, वर्ष ६४ को राम स्वरूप शर्मा, गम स्वरूप मिना शर्मा, वर्ष ६२ का कैलाश चन्द शर्मा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूलाई उपचारका लागि विनयी त्रिवेणी आधारभूत अस्पताल लगिनुका साथै बसका चालक सम्पर्कमा नरहेकाले खोजी कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

प्रतिक्रिया