नवलपुरमा चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू


नवलपुर — चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन पूर्वी नवलपरासीमा चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना-२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व-पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजनाअनुसार नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जना जनशक्ति परिचालन हुने छन् । साथै जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई तीव्र पारिएको छ ।

छलफलमा सहभागीले बजारमा महँगी, बिनादर्ता व्यवसाय संचालन भएकाले भारतीय सिमानाबाट भन्सार छलिका सामान भित्रिएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार छलीका सामान जिल्लामा भित्रन नदिन व्यवसायीले माग गरेका थिए ।

जिल्लाको ग्रामीण भेगमा बिनादर्ता व्यवसाय संचालन गर्ने र स्थानीय तहले प्रभावकारी ढंगले बजार अनुगमन नगर्दा उपभोक्ता ठगिनुपरेको जनगुनासो छ ।

प्रतिक्रिया