नारायणगढ बुटवल सडक खण्ड फेरी अवरुद्ध


मध्यविन्दु (नवलपरासी), ३० साउन,
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा सोमवार सडक भासिएको स्थानमा गए राति लेदो माटो सहितको पानीको भेल आएकाले अहिले यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार मङ्गलवार साँझ देखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षाले लेदो माटो सडकमा झारे पछि पुन अवरुद्ध भएको हो । अहिले सडक सुचारु गराउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।

सोही स्थानमा सोमबार साँझ सडक भासिए पछि हिजो बिहान देखि सडक फराकिलो बनाउने काम सुरु गरिएको थियो । आज फेरी सडक फराकिलो बनाउने काम सुरु गर्ने गरी हिजो साँझ देखि सडक एक तर्फी रूपमा सञ्चालन गरिएकोमा गएरातीको वर्षाले फेरी सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया