नवलपुरका संस्थागत विद्यालयहरुमा आज शोक विदा


नवलपुर,

नवलपुरका सबै संस्थागत विद्यालयहरुमा आज शोक विदा दिइएको छ । प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष तथा लुम्विनी आवासीय माध्यमिक विद्यालय कावासोतीका प्राचार्य मोतीराम तिवारीको निधन शोकमा जिल्लाका सबै संस्थागत विद्यालयहरुमा विदा दिइएको हो । प्याब्सन नवलपुर अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा आज शोक बिदा गर्ने निर्णय भएको प्याब्सन नवलपुरका अध्यक्ष दीपक राउतले जानकारी दिनुभयो ।

लुम्विनी आवासीय माध्यमिक विद्यालयले भने भोली पनि शोक विदा दिइएको जनाएको छ । आज प्याब्सन र भोली विद्यालयका तर्फबाट शोक विदा दिइएकोले दुई दिन पठनपाठन बन्द हुने जनाएको छ ।

तिवारीको असोज ३१ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया