जर्मनीले नेपाललाई दियो ४१ लाख डोज खोप


काठमाडौं – जर्मनीले नेपाललाई ४१ लाख डोज कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । उक्त खोप आज बिहान स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कोभ्याक्सअन्तर्गत उक्त परिमाणमा खोप सहयोग गरिएको हो । यस्तै, आज कोभ्याक्स अन्तर्गत आज थप ७ लाख १९ हजार ७ सय ५० डोज मोर्डनाको थप खोप नेपाल आउदै छ ।

सरकारले पुस ४ गते देखि १२ देखि १८ बर्ष उमेर समुहका १८ लाख किशोर किशोरीलाई खोप दिने निणर्य गरेको छ ।

प्रतिक्रिया