लक्ष्मी पूजाः सुखरात्रि तथा दिपावली (फाेटाे/भिडियाे)


काठमाडौं – यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना एवं श्रद्धा भक्ति ।

कार्तिक कृष्ण औंसी तथा सुखरात्रिः

वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।  पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ ।

रंगाैली बनाउँदै कन्याः

लक्ष्मी पूजाकाे लागि तयार पारिएकाे घडा र खड्कुडाः

झलिमिलि घरः

लक्ष्मी पूजाकाे भिडियाेः

st

प्रतिक्रिया